Comments Add Comment

Advertisment

SKIP THIS

बसबाट खसेर एक जनाको मृत्यु

६ असोज , काठमाडौँ । नवलपरासीको बर्दघाट सुस्ता पश्चिमको सुनवल नगरपालिका–१२ भुमही चोकमा बुटवलबाट बर्दघाट तर्फ आउँदै गरेको लु १ ख ७३७७ नम्बरको माइक्रोबसको ढोकाबाट खस्दा एक जनाको मृत्यु भएको छ ।

हिजो साँझ सो दुर्घटना हुदा बर्दघाट नगरपालिका–११ धनेवाका ३३ वर्षीय उमेश चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । बुटवलबाट बर्दघाट बस सहित चालकलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment

छुटाउनुभयो कि? सबै