Comments Add Comment

Advertisment

SKIP THIS

घाँस-दाउरा गर्न जंगल गएकी वृद्धाको शव भेटियो

३२ असार , काठमाडौं । ७८ वर्षको उमेरमा घाँस-दाउरा गर्न जंगलमा गएकी पाल्पाकी एक वृद्धा मृत फेला परेकी छन् । शुक्रबार बिहान करिव १० बजे स्थानीय जंगलमा ​ घाँस-दाउरा गर्न गएकी रिब्दिकोट गाउँपालिका–५ मारबासकी ७८ वर्षीया वृद्धा हुमकुमारी बस्नेत मृत फेला परेकी हुन् ।

उनलाई सोही वडाको हर्रेखर्क सामुदायिक वनमा शुक्रबार साँझ मृत फेला पारि पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएको पाल्पाका प्रहरी प्रवक्ता वीरेन्द्र थापाले जानकारी दिए । युवा बर्गले गाउँ छाड्न थाले पछि ग्रामिण भेगका बृद्ध वृद्धा​हरु घरायसी काम गरेर घर धान्न बाध्य बनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै