Comments Add Comment

Advertisment

SKIP THIS

चीनको अर्थतन्त्रमा स्थिर रूपमा पुन: उठ्ने प्रवृत्ति

३२ असार , काठमाडौं । चीनको अर्थतन्त्रबारे चर्चा गर्दै बाह्य जगतले सधैँ नै अटल र लचिलो शब्द प्रयोग हुने गर्दछ। चीनले जुलाई १५ तारिख सार्वजनिक गरेको सन् २०२२ को पूर्वार्द्धको राष्ट्रिय आर्थिक तथ्याङकबाट हेर्दा चीनको अर्थतन्त्रमा स्थिर रूपमा पुन:उठ्ने प्रवृत्ति देखा परेको छ।

चीनले प्रकाशित गरेको तथ्याङक अनुसार, चालु वर्षको पूर्वार्द्धमा चीनको कूल राष्ट्रिय गार्हस्थ्य उत्पादन मात्रा ५६ खर्ब २६ अर्ब ४२ करोड चिनियाँ युआन पुगेको छ। गत वर्षको सोही अवधिको तुलनामा जुन रकम २.५ प्रतिशतले बृद्धि भएको छ। जटिल र बदलिँदो देशी र विदेशी परिस्थिति भइरहेको सिलसिलामा चीनको अर्थतन्त्र स्थिर रूपमा पुन: उठेको छ। विशेषत: दोस्रो त्रैमासिक अवधिमा अर्थतन्त्रको सकारात्मक बृद्धि भएकाले कूल आर्थिक अवस्थालाई स्थिर पारेको देखिन्छ।

चालु वर्षको उत्तरार्द्धमा बाह्य जगतबाट आउने अनिश्चित र अस्थिर तत्वहरू अझै बढी हुनेछ। त्यसैगरी चीनको अर्थतन्त्रको पुन:रूत्थानको आधार त्यति बलियो नभएकाले कूल आर्थिक अवस्थालाई स्थिर पार्नका लागि अझ अथक प्रयास गरिनुपर्छ। जति कठिनाई देखा परे तापनि अडिग भएर अघि बढ्दै जानेछ। वर्तमान चीनको अर्थतन्त्रका लागि दीर्घकालीन रूपमा राम्रो दिशातिर विकसित हुने आधारभूत अवस्थामा कुनै पनि परिवर्तन आएको छैन। चीनको अर्थतन्त्रले विश्वको दिनप्रति दिन अँध्यारो हुँदै जाने आर्थिक स्थितिलाई केही उज्यालो बनाउने सम्भावना रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै