२ श्रावण , काठमाडौं । भारतको मध्य प्रदशेको धार जिल्लाको खलघाट सञ्जय सेतु नजिकै यात्री बोकेको महाराष्ट्र राज्य यातायातको एउटा बस नदीमा खसेको छ ।
यो दुर्घटनामा हालसम्म १२ जनाको मृत्यु पुष्टि भइसकेको छ र १५ जनालाई सुरक्षित निकालिएको छ ।
मिडियामा आइरहेको जानकारी अनुसार यो बस इन्दौरबाट पुणे जाँदै थियो । बस खलघाट सञ्जय सेतु पुल नजिकै पुगेपछि सन्तुलन बिग्रिएका कारण नदीमा खसेको बताइएको छ ।







