Comments Add Comment

Advertisment

SKIP THIS

सबैभन्दा बढी फरार प्रतिवादी समात्ने लुम्बिनी प्रदेशमै बाँके प्रहरी अगाडि

३ साउन , काठमाडौँ । जिल्ला प्रहरी बाँकेको कमान्ड सम्हालेको एक बर्षमा प्रहरी उपरीक्षक श्याम कृष्ण अधिकारीले ठुलो संख्यामा फरार प्रतिवादीहरुलाई पक्राउ गर्न सफल भएका छन् ।

एक बर्षको अन्तरालमा जिल्ला प्रहरी बाँकेले चालु आर्थिक बर्ष २०७८/०७९ मा विभिन्न मुद्दाका २८१ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको हो । अदालतले १३३ बर्ष ११ महिना १४ दिन कैद र पाएका २८१ जना फरार प्रतिवादीलाई पक्राउ गरेर लुम्बिनी प्रदेशमै सबैभन्दा बढी फरार प्रतिवादी पक्राउ गरेर जिल्ला प्रहरी बाँके अगाडि हुन सफल बनेको छ ।

प्रहरी उपरीक्षक अधिकारी बाँके आएदेखि असार महिनासम्ममा २ सय ८१ जना फरार अभियुक्तलाई पक्राउ गर्दै उत्कृष्ट कार्य गर्न सफल भएका छन् ।

जिल्ला प्रहरी बाँकेले पक्राउ गरेका फरार प्रतिवादीहरुबाट ५६ लाख ५३ हजार ८ सय ३५ रुपैयाँ जरिवाना समेत असुल भएको छ । अधिकारी आए यता तस्करी नियन्त्रणमा कडाई गर्दै करोडौं रुपैयाँ राजस्व संकलन समेत भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment