Comments Add Comment

Advertisment

SKIP THIS

३२ लागे अभिनेता पुष्प खड्का

५ साउन , काठमाडौं । म्युजिक भिडियो हुँदै फिल्ममा आफ्नो अभिनयको कारण छुट्टै स्थान बनाउन सफल अभिनेता पुष्प खड्का ३२ औँ वर्षमा प्रवेश गरेका छन्। आजै जन्मदिन परेका फिल्म निर्देशक दीपक ओलीसँग उनले सँगै केक काटे । दीपकको निर्देशन र पुष्पको अभिनय रहेको फिल्म ‘कृष्ण-लीला’ टिमले यी दुईको सेलिब्रेसन गरेको हो ।

आयोजित जन्मदिन समारोहमा कलाकारहरू श्रद्धा क्षेत्री, बुद्धि तामाङ, रविन्द्र झा, लेखक लक्ष्मण सुवेदीसहितका फिल्म टिमले पुष्प र दीपकलाई केक चखाए । बर्थडे जमघटमा कलाकार, सञ्चारकर्मी र शुभचिन्तक उपस्थित थिए । आजै बेलुका पशुपतिनाथ मन्दिरको आरती समारोहमा पुगेर समेत जन्मदिन मनाउने दीपक र पुष्पको योजना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment