२५ वैशाख, काठमाडौं । वीर अस्पतालको नयाँ भवनलाई सरकारले ५०० शय्याको युनिफाइड (कोभिड–१९) केन्द्रीय अस्पताल बनाउने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको मन्त्री प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

त्यसले अरू अस्पतालहरूको पनि समन्वय गर्ने जनाइएको छ । केही दिनअघि सीसीएमसीको बैठकले वीर अस्पतलाल नयाँ भवनलाई (कोभिड–१९) विशेष अस्पताल बनाउनका लागि मन्त्रिपरिषद्मा सिफारिस गरेको थियो । आज साँझ बालुवाटारमा बसेको बैठक (कोभिड–१९) नियन्त्रणकै विषयमा केन्द्रित रहेको उहाँले जानकारी दिनुभयो ।








