Comments Add Comment

Advertisment

SKIP THIS

सुदूरपश्चिममा कोरोना सङ्क्रमण बढ्दै

११ साउन , काठमाडौं । सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमणदर बढ्दै गएको छ ।

भारतसँग जोडिएको यस प्रदेशमा साउनयता ७५ जनामा सङ्क्रमण पुष्टि भइसकेको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । असार ३२ गते शून्यमा झरेको सङ्क्रमणदर त्यसयता बढ्दै गएको हो ।

कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीका अनुसार भारतमा कोरोना सङ्क्रमण बढ्दै गएकाले जोखिम बढेको छ । भारतसँग सीमा जोडिएका सबै नाकामा स्वास्थ्य जाँचमा कडाइ गरिएको छ ।

पूर्व निर्धारित कार्यक्रमअनुसार नै सीमाक्षेत्रको जोखिम व्यवस्थापनको काम भइरहेको हो । यसका साथै कोरोनाविरुद्धको खोप अभियानलाई प्राथमिकतामा राखिएको छ । ५ वर्षमाथिका सबै बालबालिकालाई खोप र बुस्टर डोज लगाउने कार्य पनि धमाधम भइरहेको उनले बताए ।

सुदूरपश्चिममा हालसम्म ५ लाख ५६ हजार ९ सय ७५ जनाको कोरोना परीक्षण गरिएकामा ५९ हजार ८ सय १६ जनामा सङ्क्रमण पुष्टि भइसकेको छ । सङ्क्रमणकै कारण ६ सय ३३ जनाको ज्यान गइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

सीमा क्षेत्रमा कोरोना सङ्क्रमण बढ्दै

Advertisment

छुटाउनुभयो कि? सबै

सीमा क्षेत्रमा कोरोना सङ्क्रमण बढ्दै