Comments Add Comment

Advertisment

SKIP THIS

पानीमा डुबेर तीन जनाको मृत्यु

१३ साउन , काठमाडौँ । मोरङ, सिरहा र सुनसरीमा डुबेर तीन जनाको मृत्यु भएको छ । मोरङको लेटाङ नगरपालिका–९ बस्ने लेखराज राईको २६ महिनाको छोरा हिटलर राईको आफ्नै घर नजिकै पानीमा डुबेर बिहीबार मृत्यु भएको छ ।

डुबेर अशक्त भएका उनको नोबेल अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । सिरहाको भगवानपुर गाउँपालिका–४ बस्ने अजय यादवकी छोरी १६ महिनाकी रोशनी कुमारी यादवको बिहीबार डुबेर मृत्यु भएको छ । सखुवान्नाकट्टी गाउँपालिका–२ पटना टोलस्थित मामा घरमा खेल्ने क्रममा घर नजिकै पोखरीमा डुब्दा उनको मृत्यु भएको हो ।

सुनसरीको बर्जु गाउँपालिका–६ टपरा टोल बस्ने बिनोद यादवको छोरा १५ वर्षीय राज भन्ने अजय यादवको बिहीबार डुबेर मृत्यु भएको छ ।
सोही ठाउँस्थित भैँसी चराउने क्रममा बूढी खोलामा डुबेर बेपत्ता भएका उनको खोजी गर्ने क्रममा शव फेला परेको हो ।

सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

Advertisment

छुटाउनुभयो कि? सबै