Comments Add Comment

Advertisment

SKIP THIS

१०८ अंकले बढेको बजारमा कारोबार रकम खुम्चियो

२३ साउन , काठमाडौ । बुधबार शेयर बजार १०८.३५ अंकले बढेको छ । तर कारोबार रकम भने खम्चिएर १७ अर्ब ९५ करोड बढीको कारोबार भएको छ । अघिल्लो दिन (मंगलबार) शेयर बजार घट्दा पनि कारोबार रकमले भने ऐतिहासिक रेकर्ड तोडेको थियो ।

उक्त दिन पौने २४ अर्बको शेयर कारोबार भएको छ । बजार २७५९.६७ अंकमा अडिएको छ । आज नौ वटा कम्पनीको शेयर मूल्यमा सर्किट लागेको छ ।

शेयर बजारमा गिरावट आएको भन्दै आजै लगानीकर्ताका संघसंस्थाले बजारविरुद्ध अभिव्यक्ति दिने सांसदको विरुद्ध वक्तव्य नै जारी गरेका थिए । कारोबार रकममा हिमालयन रिइन्सुरेन्स अग्रस्थानमा छ ।

यसको १ अर्ब ५३ करोड बराबरको शेयर कारोबार भएको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः नेपाल फाइनान्स र सानिमा माई हाइड्रोपावर परेका छन् । विगत एक महिनादेखि बढ्न थालेको बजारमा लगानीकर्ताहरु नाफा बुक गर्न तर्फ लागेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment

छुटाउनुभयो कि? सबै