२६ मंसिर काठमाडौ । सत्तारुढ गठबन्धनको एक महत्वपूर्ण दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शेयर बजार साम्राज्यवादको विकसित रुप भएको टिप्पणी गरेका छन् । उनले शेयर बजारमा लगानी हुनु गलत भएको बताएका छन् ।
नेकपा माओवादी केन्द्रको प्रदेश अधिवेशनको उद्घाटन गर्दै प्रचण्डले शनिबार शेयरबजारबारे टिप्पणी गरेका हुन् । पछिल्ला दिनहरुमा शेयर बजार लगातार ओरालो लागिरहेको छ ।
बजार ओरालो लगेपछि लगानीकर्ताहरुले शेयर बजार विरोधीलाई नो भोट अभियान घोषणा गरेका छन् । प्रचण्डको शेयर बजारप्रतिको टिप्पणीले शेयर बजारमा नकरात्मक प्रभाव पार्ने जोखिम बढेको छ ।
प्रचण्डले भनेका छन्, ‘पहिला–पहिला पुँजीको लगानी उद्योगमा, उत्पादनमा लगानी हुन्थ्यो, त्यहाँबाट आउने नाफा पुँजीपतिहरुले लिन्थे, आजभोलि पुँजीको लगानी उत्पादनमा हुँदैन, मूख्यतया पुँजीको लगानी पुँजीमै हुन्छ ।
’ उनले भने ‘पुँजीको लगानी पुँजीमै हुने वित्तीय पुँजीबादको विशेषयता भएर देखा परेको भन्दै धितोपत्र, सट्टा बजार, आईएमएफ, विश्व बैंक र एसियाली बैंकहरु हेर्दा बैंक भए पनि विषय त्यति सजिलो नभएको टिप्पणी गरे।
उनले यो साम्राज्यवादको विकसित रुप र वित्तीय एकाधिकार पुँजीवादलाई बलियो बनाउने र नाफा संसारका केही सिमित पुँजीपतिको हातमा संसारकै धन हात पार्ने र विश्वका ८० प्रतिशत नागरिकलाई भोको नाङ्गो राख्ने प्रणाली भएको जिकिर गरे।



