Comments Add Comment

Advertisment

SKIP THIS

१८ अंकले घट्यो शेयर बजार : साढे ४ अर्बको कारोबार

२४ असोज , काठमाडौ । आज शेयर बजार नेप्से परिसूचक १८ दशमलव ५३ अंकले घटेर २,६६२ दशमलव ५८ को विन्दुमा पुगेको छ ।

आज २२० वटा कम्पनीको ७२ लाख ५१ हजार ७४४ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ४९ करोड ८० लाख ४३ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै महिला लघुवित्तको कारोबार भएको छ । लघुवित्तको १८ करोड ९३ लाख ४९ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, जीवन विकास लघुवित्तको १८ करोड ३८ लाख, नेपाल बङ्लादेश बैंकको १५ करोड २७ लाख, हिमालयन डिस्टीलरीको १३ करोड २५ लाख र नविल बैंकको ११ करोड ४७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै मैलुङ खोला जलविद्युतका लगानीकर्ताले कमाएका छन्। त्यसैगरी आज सबैभन्दा धेरै शिवम् सिमेन्टका लगानीकर्ताले गुमाएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

Advertisment