Comments Add Comment

Advertisment

SKIP THIS

शेयर बजार उच्च अङ्कले बढेर सकारात्मक सर्किट

२९ मंसिर काठमाडौ । शेयर बजार आज उच्च अङ्कले बढेर सकारात्मक सर्किट लागेको छ ।
नेप्से एक सय ३७ दशमलव आठ अङ्कले बढेर दुई हजार चार सय १८ दशमलव ८४ विन्दुमा पुगेको छ । आज सबै समूहको शेयरमा हरियाली देखिएको छ ।

आज दुई सय २० वटा कम्पनीको शेयर कारोबार भएकोमा दुई वटा बाहेक सबैको शेयर बढेको छ । ४६ वटा कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । यस्तै २४ वटा कम्पनीको शेयर नौ प्रतिशत भन्दा धेरैले बढेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

आज ४० लाख ८५ हजार कित्ता शेयर एक अर्ब ८४ करोड रुपैयाँमा कारोबार भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment

छुटाउनुभयो कि? सबै