Comments Add Comment

Advertisment

SKIP THIS

ब्यबहारिक बिषयगत शिक्षा अध्यनको लागी शिद्धबाबा कलेज स्थापना

१३ साउन , काठमाडौँ । बाणिज्य, होटल म्यानेजमेन्ट, कानुन लगायत बिषय अध्यन गर्न अब लाखौं शुल्क तिरेर जिल्ला बाहिर जानुपर्ने बाध्यता हटेको छ ।

सिन्धुलीको कमलामाइ नगरपालिका – ६ स्थित धुराफाट सिन्धुलीमाढीमा सुबिधासम्पन्न डिजिटल प्रबिधियुक्त शिद्धबाबा म्यानेजमेन्ट प्लस टु कलेज स्थापना भएसंगै बिद्यार्थीलाई अध्यनका लागी घर बाहिर अन्यत्र जानुपर्ने झन्झट टरेको हो ।

बिगत लामो समयदेखी जिल्लामा शैक्षिक उन्नयनमा अग्रणी भुमिका निर्वाह गर्दै आएको शिद्धबाबा अङ्ग्रेजी आवासिय बिद्यालयले यस बर्षबाट बिधार्थीको चाहाना बमोजिम अध्यापन हुने बिषयमा प्लस टुको सुरुवात गरेको हो ।

सिन्धुलीमा प्लस टु अध्यापन गराउने कलेजहरु त धेरै छन तर, ‘हामिले बिधार्थीको चाहाना बमोजिमका बिषय पढ्न घर बाहिर अन्यत्र जानुपर्ने बाध्यतालाइ मध्यनजर गरेर कम शुल्कमा आफ्नै घरमा बसेर आफ्नो रोजाइका बिषयहरु अध्यापन गराउने उदेश्यले कलेज स्थापना गरेका हौं कलेज संचालक समितिका सदस्य राजेश मास्केले बताउनुभयो ।’

सिन्धुलीमा पहिलोपटक डिजिटल प्रबिधियुक्त हरेक कक्षा कोठामा एसिजडान सहित एकान्त वातावरण, आफ्नै सुबिधासम्पन्न भवन र अनुभवी शिक्षकहरु आफ्नो कलेजको विशेषता रहेको उल्लेख गर्दै सदस्य मास्केले अब गुणस्तरिय उच्च शिक्षा अध्यनका लागी राजधानी लगायत अन्य ठुला शहरहरु धाउनु नपर्ने बताउनुभयो ।

शिक्षाको नाममा राज्यले करोडौं लगानी गरेपनी गुणस्तरिय शिक्षा हासिल गर्न देश बाहिर जाने बिद्यार्थीलाई समेत मध्यनजर गरेर कलेज स्थापना गरिएको उहाँको भनाइ छ ।

प्लस टु मा अध्ययन गर्न आउने विध्यार्थीलाई बार्षिक रुपमा औधोगिक भ्रमणमा लैजाने र बैकिङ्ग एजुकेशन प्रदान गर्ने योजना कलेजको रहेको छ ।

उच्च शिक्षा अध्यन लगत्तै बिद्यार्थीहरु रोजगारमा संलग्न होउन भन्ने उदेश्यले यस्ता ब्यबहारिक बिषयगत शिक्षालाई प्राथमिकता दिइएको कलेजले जनाएको छ । कलेजले पहिलो बर्षको लागी भर्ना प्रक्रिया खुल्ला गरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै