Comments Add Comment

Advertisment

SKIP THIS

खर्बौं रकम कुम्ल्याएर गौतमश्री सहकारीका सञ्चालक फरार

पछिल्लो समय सहकारीमा रकम बचत गर्नेहरु एकपछि अर्काे गर्दै ठगिने क्रम बढिरहेको बेला काठमाडौंको कुलेश्वरस्थित गौतमश्री बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका सञ्चालक मोबाइल स्वीच्डअफ गरेर सम्पर्कविहीन भएपछि कर्मचारी एवं बचतकर्ताहरूबीच कोलाहल मच्चिएको छ ।

एकहप्ता सहकारी विदा हुने सूचना टाँसेर २५ हजार बचतकर्ताको रकम लिएर सहकारी सञ्चालक फरार भएको बचतकर्ताहरूले आरोप लगाएका छन् ।

अध्यक्ष रामबहादुर गौतम र प्रबन्ध निर्देशक रविन्द्र बिस्टले फोन स्वीच्डअफ गरेको बचतकर्ताको गुनासो छ ।

सञ्चालक भागेपछि बचतकर्ताहरू सहकारी विभागमा पुगेका छन् ।

२३ वर्षदेखि सञ्चालनमा रहेको बहुउद्देश्यीय सहकारीले काभ्रेको नवबुद्ध नजिकै व्यवसायिक उन्नत जातका गाईपालन समेत गरेको छ ।

दैनिक सयौं लिटर दुध बिक्री गर्ने उक्त सहकारीले गाई पालन लगायत अन्य क्षेत्रमा पनि ठूलो लगानी गरेको छ ।

‘यसरी एकाएक सम्पर्कविहीन त हुनु नपर्ने, लगानी पनि विभिन्न क्षेत्रमा राम्रै गरेको छ’ एक बचतकर्ता भन्छन्- ‘लगानी गरेको ठाउँमा मन्दी आयो होला, बचतकर्तालाई समयमा फिर्ता गर्न नसक्दा सम्पर्कमा नआएको हो कि ?’

बचतकर्ताको बचत रकम भन्दा उनीहरूले विभिन्न क्षेत्रमा गरेको लगानी नै बढी भएकाले चिन्ता भने गरिहाल्नु नपर्ने ती बचतकर्ताको भनाई छ ।

यसैबीच, अध्यक्ष गौतमका छोरी प्रहरीमा आफ्नो पिता अपहरणमा परेको पनि हुनसक्ने भन्दै ऊजुर गर्न पुगेकी छन् ।

छोरी प्रहरीमा पुग्नु योजनाबद्ध होइन भने अपहरणमा परेको वा अन्य कारणबाट पनि सम्पर्कविहीन हुनसक्ने आशंका प्रहरीको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै