Comments Add Comment

Advertisment

SKIP THIS

राष्ट्रिय अखण्डताको रक्षार्थ असंलग्न परराष्ट्र नीति सक्षम रहेको नेपालकी राष्ट्रपतिको भनाइ

१५ साउन , काठमाडौ ।  नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीले असंलग्न परारष्ट्र नीतिले मात्र नेपालको सार्वभौमिकता र अखण्डताको रक्षा हुने बताउनु भएको छ। ललितपुरको जावलाखेलमा शनिबार अन्तर्राष्ट्रिय कानुनसम्बन्धी एसिया क्षेत्रीय सम्मेलन उद्‍घाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले असंलग्न परराष्ट्र नीतिमा जोड दिनु भएको नेपाल खबर अनलाइनले लेखेको छ।

‘हामीले करिव सात दशकदेखि असंलग्न परराष्ट्र नीतिको दृढतापूर्वक वकालत र पालना गर्दै आएका छौं’, राष्ट्रपति भण्डारीले भन्नुभयो, ‘किनभने यसबाट हाम्रो मुलुकको सार्वभौमिकता तथा राष्ट्रिय अखण्डताको रक्षाका लागि आधार प्राप्त हुने हाम्रो विश्‍वास रहेको छ।’

भण्डारीले विश्‍वमा आणविक हतियारको होडबाजी रोकिनु पर्ने बताउँदै सम्बोधनमा भन्नुभयो, ‘हामी सबै प्रकारका युद्धको विरोध गर्दछौं र राष्ट्रहरूका बिचमा कुनै विवाद उत्पन्न भएमा शान्तिपूर्ण माध्यमबाट त्यसको समाधान खोजिनुपर्ने मान्यता राख्दछौं।’

नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान जावलाखेलमा नेपाल अन्तर्राष्ट्रिय कानुन समाज तथा एसियाली अन्तर्राष्ट्रिय कानुन समाजद्वारा आयोजित अन्तर्राष्ट्रिय कानुनसम्बन्धी एसिया क्षेत्रीय सम्मेलन आयोजना गरेको हो। समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले नेपालले भूपरिवेष्ठित मुलुकहरूका लागि निर्वाध पारवहन अधिकारको प्रत्याभूति गर्ने समुद्रसम्बन्धी कानुन ९ल अफ द सी० को निर्माण र विकास गर्न नेपालले खेलेको ऐतिहासिक भूमिकाको चर्चा गर्नुभयो।

‘यसै अन्तर्राष्ट्रिय कानुनको मार्गदर्शनका आधारमा नेपालले विश्‍वका सम्पूर्ण भूपरिवेष्ठित राष्ट्रहरूको पारवहन अधिकारको पैरवी मात्र गर्दै आएको छैन, मित्रराष्ट्रहरू हुँदै समुद्रसम्म नेपालको आफ्नै पहुँच स्थापित गर्न ठोस पहल गरी सफलता समेत हासिल गरेको छ’, भण्डारीको सम्बोधनमा छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै