Comments Add Comment

Advertisment

SKIP THIS

आवश्यकता अनुसार अस्पतालहरुलाई सिलिण्डर हस्तान्तरण ; स्याङजा

२७ वैशाख, स्याङजा । जिल्ला प्रहरी कार्यालय स्याङजा नयाँ भेरियन्ट सहितको कोरोनाको बढदो माहमारीबाट हजुरहरुलाई बचाउने र बाँच्ने कार्यमा स्याङजा प्रहरी अहोरात्र खटिईरहेको छ ।

 

बिश्वमा कोरोना संक्रमणको बढदो लहर र अस्पतालहरुमा देखिएको अक्सिजन ग्याँस सिलिण्डर अभावलाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय स्याङजाबाट प्रहरी निरीक्षकको कमाण्डमा र मातहत समेतबाट टोली गठन गरी खटाई अक्सिजन ग्याँस सिलिण्डर सँग सम्बन्धित विभिन्न उद्योग कलकारखाना र व्यक्तिहरुसँग रहेका मध्येबाट कोरोनाको संक्रमण समान्य भए पश्चात फिर्ता गर्ने गरी ७२ थान अक्सिजन ग्याँस सिलिण्डर संकलन गरिएको छ ।

उक्त संकलित परिमाण मध्ये ११ थान भरिएको सिलिण्डर गाह्रौँकालिका प्राथमिक स्वास्थ्य केन्द्र वालिङलाई प्रदान गरिएको, ३७ थान खाली सिलिण्डरहरु वालिङ नगरपालिका र गल्याङ नगरपालिकाको समन्वयमा अक्सिजन भर्न पोखरा पठाईएको र भरेर आए पश्चात आवश्यकता अनुसार स्थानिय अस्पतालहरुलाई वितरण गरिने छ । अन्य बाँकी सिलिण्डरहरु आवश्यकता अनुसार अस्पतालहरुलाई हस्तान्तरण गर्नको लागि सुरक्षित राखिएको जिल्ला प्रहरी स्याङजाका प्रमुख होबिन्द्र बोगटीले जानकारी दिनुभयो ।

साथै कृपया केही दिन निषेधज्ञाको पुर्ण रुपमा पालना गर्नु हुन जिल्ला प्रहरी कार्यालय हार्दिक विनम्रता साथ अपिल समेत गर्नु भएको छ । यो मानवीय अस्तित्वलाई नै चुनौती दिई रहेको नयाँ भेरियन्ट सहितको कोरोना संक्रमणलाई प्ररास्त गर्न समूहिक भेलालाई भंग गरी अति आवश्यक काममा मात्र स्वास्थ्य मापदण्डको पुर्ण रुपमा पालना गर्नुहोस । यहाँहरु सँग थन्किएर रहेको एउटा अक्सिजन सिलिण्डरले एक जना विरामीको ज्यान बचाउन ठूलो भुमिका खेल्न सक्छ । हाम्रो यो अभियान अगामी दिनहरुमा समेत निरन्तर चलि रहने हुँदा यहाँहरुको साथ र सहयोग अपेक्षा गर्दछौँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै