Comments Add Comment

Advertisment

SKIP THIS

धरानको होटलमा महिलाको हत्या आरोपमा एक युवक पक्राउ

२२ फागुन , काठमाडौ । प्रहरीले धरानको होटलमा महिलाको हत्या गर्ने एक जना व्यक्तिलाई पक्राउ गरेको छ । धरानको होटलमा मृत अवस्थामा भेटिएकी महिला (सुमित्रा तामाङ)को हत्या आरोपमा राम भनिने विनेश राना पक्राउ परेका हुन् ।

यही माघ १७ गते सुनसरी जिल्लाको धरान स्थित कान्तिपुर होटल एण्ड लजमा महिलाको शव फेला परेको थियो । शंकास्पद अवस्थामा शव फेला परेपछि अनुसन्धानका क्रममा प्रहरीले रानालाई पक्राउ गरेको धरानका प्रहरी नायव उपरिक्षक (डीएसपी)ले नरेन्द्र कुँवरले बताए ।

मृतक महिलाको श्रीमान वैदेशिक रोजगारीमा रहेको समेत अनुसन्धानबाट खुलेको छ । मृतक महिला र हत्या आरोपमा पक्राउ परेका रानाबीच करिब १ वर्ष अघिदेखि चिनजान रहेको समेत खुलेको डीएसपी कुँवरले जानकारी दिए ।

पहिलेदेखि नै चिनजान रहेका उनीहरू सल्लाहमै कान्तिपुर होटलमा गएको र दुवै जनाले मादक पदार्थ सेवन गरको खुलेको छ । सोहीक्रममा महिलाले अन्य पुरुषसँग मोबाइलमा कुराकानी गरेको विषयमा विवाद बढ्दै जाँदा घाँटी थिचेर हत्या गरेको रानाले स्वीकारेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment