Comments Add Comment

Advertisment

SKIP THIS

प्रहरीले जुवातास खेलिरहेको अवस्थामा १९ जनालाई प्रकाउ

१६ साउन , काठमाडौं । प्रहरीले जुवातास खेलिरहेको अवस्थामा विभिन्न ठाउँबाट १९ जनालाई प्रकाउ गरेको छ ।

गोदावरी नगरपालिका-१३ झरुवाराशी बस्ने महाकाल गाउँपालिका-२ मानिखेल घर भएका ६६ वर्षीय बलाराम घिमिरेको घरमा जुवातास खेलिरहेको अवस्थामा घिमिरे समेत १२ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । उनको घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त चापागाउँबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख २१ हजार रूपैयाँ, ३ बुक तास र १७ वटा कौडा सहित फेला पारी पक्राउ गरेको हो ।

सर्लाही, बागमती नगरपालिका-३ धरहरास्थित घिसिङ होटलमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३० वर्षीया जमुना मोक्तान सहित ७ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । उक्त होटलमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सर्लाही र ईलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई नगद २ लाख १४ हजार ९ सय ७० रूपैयाँ, ५ थान मोबाइल, १६ थान कौडा र १ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै