Comments Add Comment

पद्मश्री पुरस्कारका लागि पाँच पुस्तक​ छानिए

१६ साउन , काठमाडौं । खेमलाल-हरिकला समाज कल्याण प्रतिष्ठानले पद्मश्री साहित्य पुरस्कारको लागि उत्कृष्ट पाँच पुस्तकको सूची घोषणा गरेको छ।

२०७८ सालभित्र प्रकाशित भई प्रतिष्ठानमा प्राप्त भएका कृतिहरू मध्येबाट निर्धारित मापदण्डबमोजिम मूल्याङ्कन गरी समितिले सिफारिस गरेको पन्ध्र वटा कृतिहरूको विस्तारित सूची गत असार १५ गते सार्वजनिक गरेको थियो।

उक्त विस्तारित सूचीमा परेका कृतिहरू मध्येबाट समितिले थप अध्ययन तथा मूल्याङ्कन गरी प्रतिष्ठानलाई उत्कृष्ट संक्षिप्त सूची प्रयोजनको लागि पाँचवटा कृतिहरूको नामावली उपलब्ध गराएको प्रतिष्ठानले जनाएको छ। तेस्रो तथा अन्तिम चरणमा यिनै पाँच कृतिहरू मध्येबाट पुरस्कृत कृति चयन गरिने प्रतिष्ठानले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै