Comments Add Comment

Advertisment

SKIP THIS

काबुलमा अमेरिकी हवाई आक्रमणमा अल-कायदाका प्रमुख नेता मारिए

१७ साउन , काठमाडौं । अमेरिकी कारबाहीमा अल–कायदाका प्रमुख नेता मारिएका छन्। अफगानिस्तानको राजधानी काबुलमा अमेरिकी हवाई हमलामा अल– कायदाका प्रमुख नेता अयमान अल–जवाहिरी मारिएका हुन्। नेता जवाहिरी मारिएको अमेरिकी राष्ट्रपति जो बाइडेनले पुष्टि गरेका हुन्।

टेलिभिजनमा सम्बोधन गर्दै बाइडेनले जवाहिरीको मृत्यु भएको पुष्टि गरेका हुन्। बाइडेनले उनको मृत्युले न्याय प्रदान गरिएको उल्लेख गरेका छन्। राष्ट्रपति बाइडेनले यो अपरेसनमा कुनै पनि सर्वसाधारणको क्षति नभएको दाबीसमेत गरेका छन्। ‘न्याय प्रदान गरिएको छ, र यो आतंकवादी नेता अब रहेन’, राष्ट्रपति बाइडेनले भनेका छन्।

बाइडेनले देशलाई हानी पुर्याउन खोज्नेहरूको विरुद्ध आफू निरन्तर लाग्ने समेत जानकारी गराएका छन्। इजिप्टका नागरिक जवाहिरी संसारको सबैभन्दा कुख्यात आतंकवादीमध्ये एक थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै