Comments Add Comment

Advertisment

SKIP THIS

कैलालीमा बाघको छालासहित चारजना पक्राउ

२० साउन , काठमाडौं । कैलालीमा बाघको छालासहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार गोदावरी नगरपालिका–२ तेघरी सडकखण्डमा बुडरबाट धनगढीतर्फ आएको सुपप्र ०४–००१ च ०००६ नम्बरको बोलेरो जिपबाट बाघको छालासहित डोटी जोरायलका समिर ओली, कैलाली चुरे गाउपालिका –०६ बस्ने टेकबहादुर रावत, धिरेन्द्र रावत र बैतडी डिलासैनीका राजेन्द्र सिंह भण्डारीलाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट टाउको देखी पुच्छरसम्म ४ फिट ७ इन्च, पुच्छरको लम्बाई ३ फिट २ इन्च, चौडाई २ फिट २ इन्च भएको बाघको छाला र दुई किलो हड्डी बरामद भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment