Comments Add Comment

Advertisment

SKIP THIS

फ्रान्कफुर्टमाथि बायर्नको सानदार जित

२१ साउन , काठमाडौं । जर्मन बुन्डेसलिगा २०२२-२३ मा साबिकको विजेता बायर्न म्युनिखले सानदार सुरुवात गरेको छ ।

शुक्रबार राति सुरु भएको नयाँ सिजनको पहिलो खेलमा बायर्नले फ्रान्कफुर्टलाई ६–१ अन्तरले पराजित गर्‍यो।

बायर्नको जितमा जमल मुसिएलाले दुई तथा योसुवा किम्मिची, बेन्जामिन पाभार्ड, साडियो माने र सर्ज जिनाब्रीले समान एक-एक गोल गरे । घरेलु टोलीका रान्डल कोलो मुआनीले सान्त्वना गोल गरे ।

साबिक विजेता बायर्नले पहिलो हाफमै ५-० को अग्रता बनाएको थियो । जीतसँगै बायर्नले महत्त्वपूर्ण तीन अंक जोडेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै