२१ साउन , काठमाडौं । कैलालीमा कुलोमा डुबेर एक बालकको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार टीकापुर नगरपालिका–१ को जमरा कुलोमा नुहाउने क्रममा डुबेर एकतानगर शिविरमा बस्ने लालसिंह परियारका १२ वर्षीय छोरा दिनेशको मृत्यु भएको हो ।
साथीहरुसँगै कुलोमा नुहाउने क्रममा डुबेर घाइते भएका परियारको उपचारका क्रममा टीकापुर अस्पतालमा मृत्यु भएको प्रहरीलद जनाएको छ ।





