Comments Add Comment

Advertisment

SKIP THIS

थप ६६० जनामा कोरोना संक्रमण पुष्टि , १ जनाको मृत्यु

२१ साउन , काठमाडौं । नेपालमा आज थप ६६० जनामा कोरोना भाइरस संक्रमण (कोभिड-१९) पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसारएक एक हजार ९४२ पीसीआर परीक्षणमा ३२६ र दुई हजार ७४० एन्टिजेन परीक्षणमा ३३४ जना गरी ६६० जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ भने ४४४ जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार देशभर सक्रिय संक्रमितको संख्या पाँच हजार ६४१ रहेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार सक्रिय संक्रमितमध्ये पाँच हजार ४७१ जना होम आइसोलेसनमा र १७० जना संस्थागत आइसोलेसनमा रहेका छन् । संस्थागत आइसोलेसनमा रहेकामध्ये ४६ जना आईसीयूमा र २ जना भेन्टिलेटरमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment