२४ साउन , काठमाडौं । निर्देशक रामबाबु गुरुङको नयाँ फिल्म ‘फूलबारी’मा अभिनेत्री मिरुना मगर देखिने भएकी छन् ।
निर्देशक गुरुङका अनुसार फिल्ममा केमियो भूमिकामा उनी प्रस्तुत हुनेछिन् । यशोधा फिल्म्सले निर्माण गर्न लागेको फिल्मको शीर्षक पनि ‘फूलबारी’ नै निश्चित भएको छ ।
फिल्ममा अरुणा कार्की, दयाहाङ राई, विपिन कार्की र प्रियंका कार्की यसअघि नै फाइनल छन् । रामबाबुले होम प्रोडक्सनभन्दा बाहिर रहेर फिल्म निर्देशन गर्न लागेका हुन् । मिरुना यतिबेला लण्डनमा छिन् । ‘फूलबारी’को छायांकनको लागि उनी चाँडै नेपाल फर्कने तयारीमा छिन् ।



