Comments Add Comment

Advertisment

SKIP THIS

म्युजिक नेपाल बन्यो पब्लिक कम्पनी : चाँडै आईपीओ जारी गर्ने

२४ साउन , काठमाडौं ।  निजी क्षेत्रकाे पहिलो सङ्गीत कम्पनी म्युजिक नेपालले आईपीओ जारी गर्ने भएको छ ।

पब्लिक कम्पनी लिमिटेड बनेसँगै आईपीओ निष्कासन गर्न म्युजिक नेपालले एनआईसी एसिया क्यापिटलको ‘आईडिया टु आईपीओ’ सेवासँग सहकार्य गरेको छ ।

हालै यी कम्पनीबीच शेयर निष्कासन तथा बिक्री प्रबन्धक नियुक्ति गर्नेसम्बन्धी दुई पक्षीय सम्झौता सम्पन्न भएको छ ।

योसँगै म्युजिक नेपाल सर्वसाधारणमाझ शेयर जारी गर्ने सङ्गीत क्षेत्रकै पहिलाे कम्पनी बन्नेछ ।

‘स्रष्टाको संरक्षण गरौँ राष्ट्रलाई समृद्ध बनाऔँ’ भन्ने नाराका साथ ०३९ सालमा स्थापना भएको याे कम्पनीले सुरुवाती दिनदेखि गीत रेकर्ड गर्दै एल्बम प्रकाशन एवं बिक्री वितरण गर्दै आइरहेकोमा पछिल्लाे समय डिजिटल प्रणालीबाट सेवा दिइरहेकाे छ ।

हाल म्युजिक नेपालकाे युट्युब च्यानल नेपालकै सर्वाधिक सब्सक्राइबर भएकाे च्यानल हाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै