Comments Add Comment

Advertisment

SKIP THIS

धरानका मेयर हर्क साम्पाङ् अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

३१ साउन , काठमाडौं । एन एण्ड जे इन्टरटेनमेन्ट एन.वाई.इन्क अमेरिकाद्वारा आयाेजित पुरस्कार समर्पणकाे महत्त्वपूर्ण अवसरमा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ् काठमाडौंमा अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएका छन्। सापाङ्लाई नगद रू २५ हजारकाे साथमा सम्मानपत्रद्वारा विशेष सम्मान गरिएको हाे।सापाङ् स्व. अर्जुनप्रसाद प्रसाईंकाे नामबाट स्थापना गरिएको लोकप्रिय युवा नेता पुरस्कारबाट सम्मानित भएका हुन् ।

सापाङ्ले नेपाली समाज तथा धराने जनताकाे लागि केही उदाहरणीय तथा विकासमूलक कार्यका लागि अग्रभागमा रहेर जनप्रतिनिधिकाे रूपमा महत्त्वपूर्ण भुमिका निर्वाह गरेको हुदाँ उनलाई अझै अघि बढ्न हाैसला स्वरुप उत्त सम्मानबाट सम्मानित गरिएको उल्लेख गरिएको छ।

काठमाडौं प्रज्ञा प्रतिष्ठानकाे लेखनाथ कक्षमा कूलपति गंगाप्रसाद उप्रेतीकाे उदघाटनमा भएको विशेष समाराेहकाे उत्त पुरस्कार समर्पणमा “श्री नारायण जयन्ता प्रसाईं नेपाली वेभ जर्नालिज्म पुरस्कार २०७९” बाट मणिराम दाहाल (पूर्वेली न्यूजका सहसम्पादक ) र विश्वराज थापा (इ नेप्लिज डटकम ) लाई समेत पुरस्कारद्वारा सम्मानित गरिएकाे छ ।

“कमला प्रसाईं साहित्य साधना पुरस्कार कृष्ण प्रधान (बरिष्ठ निबन्धकार एवमं प्रख्यात हाँस्यब्यङ्यकार ), माया ठकुरी ( प्राज्ञ,नेपाल प्रज्ञा-प्रतिष्ठान,बरिष्ठ आख्यान्कार ), प्रा.डा. गार्गी शर्मा (बरिष्ठ साहित्यकार) लाई प्रदान गरियाे।

तेसै गरि कमला प्रसाईं संगीत साधना पुरस्कार २०७९” बाट ओमबिक्रम बिष्ट (बरिष्ठ गायक,नेपाली पप गीतका प्रणेता )लाई प्रदान गरिएकाे छ । “स्व. र्याप सम्राट यमबुद्द पुरस्कार २०७९”बाट बालेन साह ( नगरप्रमुख कामपा ) लाई प्रदान गरियो । “कबिन विक्रम शाह समाजसेवा पुरस्कार २०७९” बाट बिष्णु गौतम (लक्ष्मी प्रतिष्ठान) र सरु सुबेदी (तुलसा देवी हरिहर फाउण्डेशन ) लाई प्रदान गरिएको छ । २५ हजार नगद र सम्मानपत्र सहितकाे याे विविध पुरस्कारकाे संरक्षक तथा अायाेजक संस्था अध्यक्ष कमला प्रसाईं रहेकी छिन् ।

नेपाली भाषी लगायतकाे विशेष सक्रियतामा एन एण्ड जे इन्टरटेनमेन्ट एन.वाई.इन्क अमेरिकामा सन २००५ मा स्थापना भएको संस्था हाे । यस संस्थाले साहित्य , पत्रकारिता साथै महिला र बालवालिका लगायतकाे क्षेत्रमा महत्त्वपूर्ण काम गर्दै आएकाे छ । विभिन्न महत्त्वपूर्ण काम गरे बापत एन एण्ड जे इन्टरटेनमेन्ट एन.वाई.इन्क संस्था अमेरिकी सरकारबाट समेत दुईपटक पुरस्कृत भै सकेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै