Comments Add Comment

Advertisment

SKIP THIS

लुम्बिनीमा पर्यटन व्यवसायलाई प्राथमिकतामा

१ भदौ , काठमाडौं । लुम्बिनी प्रदेश सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वीरबहादुर रानाले पाल्पाको विकासका लागि पर्यटन व्यवसायलाई पहिलो प्राथमिकता दिनुपर्ने बताएका छन् ।

पर्यटन विकास भयो भने आयस्रोत पनि बढ्ने हुँदा व्यवसायलाई जोड दिनुपर्ने मन्त्री राना बताउँछन् । होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ पाल्पाको आयोजनामा भएको दोस्रो तथा तेस्रो साधारणसभाको आज उद्घाटन गर्दै मन्त्री रानाले जिल्लामा ऐतिहासिक तथा धार्मिक, पर्यटकीय क्षेत्र प्रशस्त रहेका हुँदा यसको विकास गरेर नमूना पर्यटकीय सहर बनाउन सकिने बताए ।

लुम्बिनी र पोखराको बीच भागमा पर्ने पाल्पा सदरमुकाम तानसेनमा आन्तरिक तथा बाह्य पर्यटक भित्रिने गरेका छन् । सदरमुकाम आएका पर्यटकलाई जिल्लाका अन्य पर्यटकीय क्षेत्रमा पुर्‍याउन पर्यटन विकासको आवश्यकता रहेको मन्त्री रानाको भनाइ छ । जिल्लामा ओझेलमा परेका थुप्रै पर्यटकीय स्थल रहेको उल्लेख गर्दै उनले यिनको विकास गरेर पाल्पा नमूना जिल्ला बन्ने बताए ।

होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ पाल्पाका अध्यक्ष मोहनप्रसाद श्रेष्ठले ठूला लगानीमा व्यापार तथा व्यवसाय, उद्योग खुल्ने क्रम बढिरहेको बताए । लुम्बिनी र पोखरा आउने बाह्य पर्यटकलाई आकर्षित गर्नुपर्नेमा उनले जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै