Comments Add Comment

Advertisment

SKIP THIS

नेपाल टेलिकमले ल्यायो ‘इन्डिया भ्वाइस प्याक’ : सस्तो पैसामा कल गर्न सकिने

२ भदौ , काठमाडौ । नेपाल टेलिकमले भारतमा कल गर्न इन्डिया भ्वाइस प्याक ल्याएको छ ।

बुधबारदेखि लागू भएको यस प्याकेजअन्तर्गत उपलब्ध दैनिक, साप्ताहिक र मासिकमध्ये आफूलाई उपयुक्त अफर छनोट गरी सदुपयोग गर्न सकिन्छ ।

इन्डिया भ्वाइस प्याक– डेली अफर अन्तर्गत २४ घण्टा (एक दिन) मा १७ मिनेट कुराकानी गर्न सकिने प्याक जम्मा ५९ रुपैयाँमा उपलब्ध छ ।

त्यसैगरी विक्ली अफर अन्तर्गत ७ (एक हप्ता) दिनसम्म ७५ मिनेट र मन्थ्ली अफर अन्तर्गत ३० दिन (एक महिना) सम्म २२१ मिनेट कुराकानी गर्न सकिने प्याकहरु क्रमशः रु. २५९ मा र रु. ७५९ मा उपलब्ध छन् ।

एक्सेस कोडहरु ००, १४२४, १४२५ वा १४४५ प्रयोग गरी भारतमा उपलब्ध कुनै पनि मोबाइल तथा टेलिफोन नम्बरमा कल गर्न सकिन्छ ।

यो प्याकेज गरिद गर्नका लागि आफ्नो मोबाइलबाट *1415#डायल गरी ठ नम्बर छनौटपश्चात् खरिद प्रक्रिया अघि बढाउन सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै