Comments Add Comment

Advertisment

SKIP THIS

स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु, एक घाइते

४ भदौ , काठमाडौं । रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका–१ शंकरनगर चोकमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।

प्रहरीका अनुसार आज बिहान बुटवलबाट भैरहवातर्फ जाँदै गरेको लु २१ प ९५९४ नम्बरको स्कुटर दुर्घटना हुँदा चालक ओमसतिया गाउँपालिका–१ का ३० वर्षीय शंकर पुनको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भिर घाइते भएका उनको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । यस्तै, घाइते भएका स्कुटरमा पछाडी सवार एक जनाको भने सोही अस्पतालमा उपचार भइरहेको छ । स्कुटर अनियन्त्रित भइ पल्टिएको वडा प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment