Comments Add Comment

Advertisment

SKIP THIS

तार्केश्वर नगरपालिकाका जनप्रतिनिधिहरु `दर´ खादैमा व्यस्त : नगरकै लेटर प्याडमा निकालियाे सुचना

हरितालिका तिज नजिकिएसँगै ‘दर’ को नाममा कार्यकर्ता पोस्ने विकृति शुरु भइसकेको छ ।


तारकेश्वर नगरपालिकाले पनि एक सूचना जारी गर्दै मिति २०७९ साल भाद्र ४ र ५ गते “संस्कृति सम्बर्द्धन तथा हरितालिका तीज बिशेष कार्यक्रम” आयोजना गरेको छ ।
नगरपालिकाकै लेटर प्याडमा जारी गरिएको सूचनामा तारकेश्वर नगरपालिकाकी उपप्रमुख सृजना बुर्लाकोटी अर्यालको हस्ताक्षर रहेको छ । भाद्र ४ को कार्यक्रम अमा दब्लम एकेडेमी लामबगर तथा भाद्र ५ मा कान्तिपुरी ए बि पार्टी प्यालेस नेपालटारमा आयोजना गरिएको सूचनामा उल्लेख छ ।

अझ रोचक पक्ष के छ भने सोही दिन अर्थात् भाद्र ४ गते तारकेश्वर सेवा समाजको नामबाट सोही बिद्यालय अमा दब्लम एकेडेमी लामबगरमा तारकेश्वर नगर प्रमुख कृष्णहरि महर्जनको प्रमुख आतिथ्यतामा तीज संस्कृतिक महोत्सब तथा दर खाने कार्यक्रम आयोजना गरिएको छ ।


जनताले तिरेको करबाट आयोजना हुने यस्ता भड्किला कार्यक्रम फगत कार्यकर्ता खुसी पार्न आयोजना गरिएको भन्दै सामाजिक संजालमा आलोचना समेत सुरु भएको छ । स्राेत : अन्लाईन पाेर्ट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै