Comments Add Comment

Advertisment

SKIP THIS

जथाभावी फोहोर फाल्नेलाई सिसीटिभी हेरेर कारबाही गर्छौ – मेयर बालेन शाह

८ भदौ , काठमाडौ । काठमाडौं महानगरपालिका मेयर बानेन शाहले जथाभावी सडकमा फोहोर फाल्नेलाई सिसीटिभी हेरेर कारबाही गर्ने बताएको छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान गोष्ठीलाई सम्बोधन गर्दै मेयर शाहले पछिल्लो समय काठमाडौं उपत्यकाको फोहोर मैला व्यवस्थापनमा समस्या भएको भन्दै जथाभावी फोहोर फाल्नेलाई सिसीटिभी हेरेर कारबाही गर्ने बताएका हुन्।

‘फोहोर मैला व्यवस्थापन गाह्रो भएको छ। हामी प्रहरीसँग सहकार्य गरेर सिसीटिभी फुटेजका आधारमा राति राति फोहोर फाल्नेलाई कारबाहीको दायरामा ल्याउँछौ’, मेयर शाहले भने,‘लगभग आजसम्ममा काठमाडौंको सबै फोहोर उठिसक्छ। अब सबै सफा भएपछि बाटोमा फोहोर फाल्ने को रहेछन् । पत्ता लगाएर कारबाही गर्छौ।’

उनले बाटोमा फोहोर फाल्नु पनि अपराध भएको बताएका छन्। ‘मेरो घर गन्हाईरहेको थियो त्यसैंले बाटोमा फोहोर फालेँ भन्नेका लागि यो अपराध हो कि होइन भन्ने बुझाउनुपर्नेछ।’

मेयर शाहले यसपालिको बजेट सिसीटिभी जडानका लागि पनि छुट्याएको जानकारी दिँदै प्रहरीलाई आवश्यक सबै सहयोग गर्न महानगर तयार रहेको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

Advertisment