Comments Add Comment

Advertisment

SKIP THIS

नारायणी अस्पतालबाट भागेका एक अभियुक्तलाई प्रहरीले पक्राउ

२८ भाद्र काठमाडौ । नारायणी अस्पतालबाट भागेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

चितवनको भरतपुर महानगरपालिका–३ का १४ वर्षीय किशोरलाई भन्सार क्षेत्रबाट सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

क्षयरोगको उपचार चलिरहेको समयमा आइतबार अस्पतालबाट उनी भागेको उनले बताए । भदौ १६ गते प्रतिबन्धित लागूऔषध फेनारगन २१ थानसहित उनी पक्राउ परेका थिए ।

पर्सा जिल्ला अदालतमा उनी विरुद्ध लागूऔषध ओसारपसार मुद्दा दर्ता गरी हिरासतमा राखेर प्रहरीले अनुसन्धान गरिरहेको थियो । मुखबाट रगत निस्केपछि भदौ २२ गते उपचारका लागि नारायणी अस्पताल लगिएको थियो ।

आइतबार बिहान शौचालय जाने बहाना गरी हतकडी नै फुकालेर उनी भागेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment