Comments Add Comment

Advertisment

SKIP THIS

कमेडियन अपूर्व क्षितिज सिंह प्रहरी नियन्त्रणमा

१२ भदौ , काठमाडौं । कमेडियन अपूर्व क्षितिज सिंहलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंले सिंहलाई आइतबार नियन्त्रणमा लिएको प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भरत बोहराले जानकारी दिए।

‘जाहेरी परेपछि हामीले नियन्त्रणमा लिएका छौं। जाहेरीअनुसार अनुसन्धान अघि बढ्छ,’ उनले भने।

नेवा समुदायको आस्थामाथि चोट पुर्‍याउने गरी व्यंग्य गरेको भन्दै कमेडियन सिंहविरूद्ध अभियन्ताहरूले परिसर काठमाडौंमा उजुरी गरेका थिए। अभियन्ताहरू शनिबार नै परिसरमा पुगेर उनीमाथि कारबाही गर्न माग गरेका थिए।

युट्युब च्‍यानल कमेडी क्याफेमा ‘नेवारको परम्परा’ शीर्षकमा भिडिओ हालेका थिए। जसले नेवा समुदायको भाषा, संस्कृति, खाना, लगायत विषयमा व्यंग्य गरेको भन्दै अभियन्ताहरूले आपत्ति जनाएका हुन्।

उनीविरूद्ध जाहेरी अनुसार नै अनुसन्धान अघि बढाउने एसएसपी बोहराले बताए।

भिडिओ सार्वजनिक भएपछि सामाजिक सञ्जालमा आलोचना भएको थियो। विरोध भएपछि सिंहले सो भिडिओ युट्युब च्यानलबाट हटाइसकेका छन्।

यस्तै उनले शनिबार नै फेसबुकमार्फत् माफी मागेका थिए। भिडिओमार्फत् पनि उनले माफी मागेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै