Comments Add Comment

Advertisment

SKIP THIS

विपन्नलाई ८ प्रतिशत भन्दा कम ब्याजदरमा ऋण

१३ भदौ , काठमाडौ । विपन्न किसान र श्रमिकले उद्यम गर्न बढीमा ८ प्रतिशत ब्याजदरमा सरकारबाट सहुलियत ऋण पाउने भएका छन् ।

सरकारले राष्ट्रिय लघुवित्त कोष स्थापना गरेर सहसलियत ब्याजदरमा ऋण दिने कार्यविधि तयार पारेको छ । राष्ट्रिय लघुवित्त कोष सञ्चालन कार्यविधिमा ५ अर्बको कोष स्थापना हुने र त्यही कोषमार्फत् विपन्न वर्गका ७० लाख नागरिकलाई सहुलियत ऋण दिने उल्लेख छ ।

नेपालको कृषि क्षेत्रको रुपान्तरणका लागि सहज र सरल किसिमको कृषि कर्जा उपलब्ध गराउन लागिएको अर्थमन्त्रालयका विज्ञ सल्लाहकार डा। शालिकराम पोखरेलले जानकारी दिए । संघमा लघुवित्त कोष स्थापना भएपछि प्रत्येक पालिकाका लघुवित्त र सहकारीले ऋणका लागि आवेदन दिन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै