Comments Add Comment

Advertisment

SKIP THIS

पाकिस्तानमा बाढीका कारण एक हजारबढीको मृत्यु, अन्तर्राष्ट्रिय सहयोगको अपिल

१३ भदौ , काठमाडौँ । देशका विभिन्न भागमा परेको अविरल वर्षासँगै आएको बाढीपहिरोमा परी पाकिस्तान एक हजारभन्दा बढीको मृत्यु भएको छ भने सयौँ घाइते भएका छन् ।

बाढीपहिरोका कारण दशौँ हजार विस्थापित भएका छन्। बाढीले देशभर भीषण क्षति पुर्‍याएपछि पाकिस्तान सरकारले अन्तर्राष्ट्रिय सहयोगका लागि अपिल गरेको छ । अमेरिका, यूके, संयुक्त अरब एमिरेट्स र अरू देशहरूले उक्त अपिल अन्तर्गत सहयोग उपलब्ध गराएका छन् तर आन्तरिक मामिला मन्त्रालयका एक अधिकारीले अझ धेरै स्रोतको आवश्यकता रहेको बताएका छन्।

पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले देशको जनसङ्ख्याको करिब १५ प्रतिशत अर्थात् तीन करोड ३० लाख मानिसहरू बाढीबाट प्रभावित भएको बताएका छन् । यो वर्ष जुनयता बाढीका कारण पाकिस्तानमा ज्यान गुमाएका मानिसहरूको सङ्ख्या १ हजार ३३ पुगेको छ, एक हजार पाँच सय २७ जना घाइते भएका छन् भने दशौँ हजार विस्थापित भएको त्यहाँको राष्ट्रिय विपद् व्यवस्थापन निकायले जनाएको छ।

पछिल्लो २४ घण्टामा १ सय १९ जनाको ज्यान गएको तथा ७१ जना घाइते भएका छन् । यसैबीच पाकिस्तानको राष्ट्रिय विपद् व्यवस्थापन केन्द्रले यहा वर्षा र बाढीको अझै सम्भावना रहेको चेतावनी दिएका छ। अधिकारीहरुले यहाँ बर्षा भइरहेको भन्दै यहाँका नदीहरुमा पानीको मात्रा अझै बढ्न सक्ने भन्दै मानिसहरुलाई अति आवश्यक बाहेक बाहिर ननिस्कन पनि भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै