Comments Add Comment

Advertisment

SKIP THIS

कुटपिटको भिडिओ भाइरल बनेपछि साइबर अपराधको मुद्दा हाल्ने महेश बस्नेतको चेतावनी

१६ भदौ , काठमाडौ । मङ्गलबार सामाजिक सञ्जालमा एउटा भिडिओ निकै भाइरल भइरहेको छ । बालेन शाह र उनका समर्थक विरुद्ध तथानाम बोल्दै हिँडेका एमाले नेता महेश बस्नेतमाथि कुटपिट भएको भन्दै एउटा अस्पष्ट किसिमको भिडिओ भाइरल बनेको छ ।

बस्नेतको अभिव्यक्ति नपचाएका धेरैले खुशी हुँदै यो भिडिओ शेयर गरिरहेका छन् । तर उक्त भिडिओ आफ्नो नभएको स्पष्टीकरण बस्नेतले दिएका छन् । सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्दै उनले उक्त भिडिओ गत स्थानीय तहको निर्वाचनमा माओवादी कार्यकर्ताबीच भएको विवादको भिडिओ रहेको बताएका छन् ।

माओवादी केन्द्रको भातृ सङ्गठन वाईसीएलका युवाहरूले आफूमाथि भौतिक आक्रमण गरेको भन्दै झुटो प्रचार गरिएको भन्दै उनले गम्भिर आपत्ति जनाएका छन् ।

“आम शुभचिन्तक तथा पार्टी कार्यकर्तालाई भ्रममा नपर्न अपिल गर्दै सामाजिक सञ्जालको दुरुपयोग गरी व्यक्तिगत चरित्र हत्या गर्ने अराजक यस्ता तत्त्वहरूलाई कानूनी कारबाही गर्नेछौँ,” नेता बस्नेतले चेतावनी दिँदै भनेका छन्, “तत्काल साइबर क्राइममा जानकारी गराई आवश्यक कानूनी प्रक्रिया अगाडि बढाउने समेत सम्पूर्णलाई जानकारी गर्दछु,” स्वकीय सचिव दिनेश थापाको नामबाट बस्नेतको फेसबुक पोस्टमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment