Comments Add Comment

Advertisment

SKIP THIS

चन्द्रागिरी नागढुङ्गाबाट नियन्त्रित लागूऔषध सहित पक्राउ

१७ भदौ , काठमाडौ । चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध नाईट्राभेट ८ सय ९७ ट्याब्लेट, डाईजेपाम ५२ एम्पुल, बुप्रेनोर्फिन ५२ एम्पुल र फेनारगन ५२ एम्पुल सहित सिरहा लक्ष्मिपुर पतारी गाउँपालिका-५ बस्ने २६ वर्षीय प्रगास यादवलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले सिरहाबाट काठमाडौंतर्फ आउँदै गरेको बा।५ ख ८०८९ नम्बरको बसलाई जाँच गर्ने क्रममा प्रगासलाई झोलामा लुकाई ल्याएको अवस्थामा उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै