Comments Add Comment

Advertisment

SKIP THIS

३८ लाख रुपैयाँसहित दुई जना हुन्डी कारोबारीलाई पक्राउ

३१ भदौ , काठमाडौ । पर्सा प्रहरीले साढे ३८ लाख रुपैयाँसहित दुई जना हुन्डी कारोबारीलाई पक्राउ गरेको छ ।

वीरगञ्ज महानगरपालिका– ६ माइस्थान चोकमा सञ्चालित केपी ज्वेलर्सका सञ्चालक कन्हैयाप्रसाद सोनार र सोही ज्वेलर्समा कार्यरत दीपककुमार सर्राफ पक्राउ परेको पर्साका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिए ।

प्रहरीले उक्त ज्वेलर्समा बुधबार छापा हानेको थियो ।

उनीहरूको साथबाट स्रोत नखुलेको ३८ लाख ५१ हजार रुपैयाँ बरामद भएको प्रहरीले बिहीबार जानकारी दिएको छ ।ज्वेलर्सबाट मुद्राको अवैैध कारोबार भइरहेको सूचनाका आधारमा छापा मारिएको एसपी पाण्डेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment