Comments Add Comment

Advertisment

SKIP THIS

सन्दीप लामिछानेले मागे क्यानसँग कानुनी सहयोग

२३ भदौ , काठमाडौँ । राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले नाबालिगमाथि करणी गरेको आरोपका विषयमा नेपाल क्रिकेट संघ (क्यान) सँग सहयोग मागेका छन्। क्यानका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लका अनुसार क्यानले सन्दीपसँग सम्पर्क गरेको छ।

सचिव मल्लकाअनुसार सन्दीपले आफू यो आरोपको सामनाका लागि कानुनी लडाईं लड्न तयार भएको र त्यसका लागि क्यानले कानुनी पाटोमा सहयोग गरिदिन भनेको बताए । हाल सन्दीप क्यारेबियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिजमा छन्। केन्याविरुद्धको टी-२० सिरिजपछि सन्दीप उतैबाट वेस्ट इन्डिज पुगेका हुन् । क्यानलाई सन्दीपले लिग सकिएपछि नेपाल फर्कने बताएका छन्।

महानगरीय प्रहरी वृत्त गौशालामा परेको जाहेरीमा स्याङ्जा आरूचौर स्थायी घर भई हाल काठमाडौंको बूढानीलकण्ठ बस्ने बालिकालाई क्रिकेटर सन्दीपले यहीँ भदौ ५ गते काठमाडौं र भक्तपुरका विभिन्न स्थानमा घुमाएको र सोही दिनको राति काठमाडौंको एक होटलमा ल्याएर जबर्जस्ती करणी गरेको आरोप छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै