२३ भदौ , काठमाडौँ । निजामती सेवा दिवसका अवसरमा सिंहदरवारमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले ” मुलुकमा बिकास निर्माणमा देखिएको सुस्तता पछाडिको कारण कर्मचारी प्रशासन या राजनीतिक दल ? ” भनेर प्रश्न गरेका छन । यसको साथै कर्मचारीको क्षमता र कार्यशैलीप्रति पनि व्यापक गुनासो आइरहेको कुरामा पनि ध्यानाकर्षण गरियो ।
सार्वजनिक ऋणको किस्ता वार्षिक सवा खर्ब , गठबन्धनमा भागबन्डा ८८ सिटमा समझ्दारी , बाँकि सिट सहकार्य, सहमतिमा मिलाइने । बिधार्थी संगठन अखिल क्रान्तिकारीको कार्यक्रममा नेकपा माओबादीका नेता जनार्जन शर्मा र अध्यक्ष प्रचन्डकोवीचमा पदाधिकारी विषयलाई लिएर भयो भनाभन ! कृकेटर सन्दीप लामिछाने बिरुद्व बलात्कार आरोप । सातै प्रदेशको मूख्यमन्त्री उम्मेद्वार एमालेले टुङ्याउनै लाग्यो तर गठबन्धनमा अझै अन्योलता ।







