Comments Add Comment

Advertisment

SKIP THIS

बलात्कार प्रयासको आरोप लागेका लहान नगरपालिकाका उपमेयरले आत्मसमर्पण गरे

बलात्कार प्रयासको आरोप लागेका लहान नगरपालिकाका उपमेयरले आत्मसमर्पण गरे

बलात्कार प्रयासको आरोप लागेका सिरहाको लहान नगरपालिकाका उपमेयर रामचलितर महतोले प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् । उनी शुक्रबार आफैँ इलाका प्रहरी कार्यालयमा हाजिर भएका हुन् ।

उपमेयर महतोले कार्यकक्षमा बोलाएर जागिर लगाइदिने लोभ देखाई बलात्कारको प्रयास गरेको भन्दै एक महिलाले ४ साउनमा प्रहरीमा उजुरी दिएकी थिइन् । उजुरी दर्तापछि उपमेयर सम्पर्कबिहीन भएका थिए ।

सिरहा प्रहरीका निमित्त प्रवक्ता एवं प्रहरी निरीक्षक रामचन्द्र साहले उपमेयर महतो इलाका प्रहरी कार्यालयमा हाजिर भएको जानकारी दिए । हाजिर भएपछि उनलाई नियन्त्रणमा लिएर अन्य अनुसन्धान सुरु गरिएको प्रहरी निरीक्षक साहले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै