Comments Add Comment

Advertisment

SKIP THIS

‘झुटो पिरतीले’ बाबा लेख्ने, छोरी गाउने… (भिडियोसहित)

२५ भाद्र , काठमाडौँ । गायिका अनिला राईकाे अर्को भिडियो पनि सार्वजनिक भएको छ । केही साताअघि मात्र ‘एन्जेलिना’ नामक गीति एल्बम एक गीति पुस्तक सार्वजनिक गरेर बेलायत कर्मथलो बेलायत फर्केकी अनिलाको अहिले ‘झुटो पिरतीले’ बोल गीतको भिडियो सार्वजनिक गरेकी हुन् ।

यसअघि उनले एल्बमसँगै ‘धाराको पानी’ बोल गीतको भिडियो सार्वजनिक गरेकी थिइन् । अनिलाको हालै सार्वजनिक एल्बम ‘एन्जेलिना’मा नौ वटा गीत संग्रहीत छन् । ती सबै गीतको पालैपालो भिडियो ल्याउने उनको सोच छ । तर, ‘झुटो पिरतीले’ बोलको यो गीत एल्बम ‘एन्जेलिना’मा समावेश छैन । यस गीतलाई अनिलाका बाबु गंगाराम राईले लेखेका हुन् ।

एल्मबमा भने अनिलाको सोलो शब्दरचना रहेको छ । जस कारण बाबुको यस गीतलाई सिंगल ट्रयाकमा ल्याएकी हुन् । ‘बाबाको यस गीतलाई सिंगल ट्रयाकमा ल्याएकी हुँ’, अनिलाले भनिन्, ‘एल्बम एन्जेलिना चाहिँ मेरो सोलो एल्बम हो ।’ सयौँ गीतमा स्वर दिइसकेकी गायिका अनिलाले आफ्ना बाबाको शब्दरचना भने पहिलोपटक स्वर दिएकी हुन् । उनले भनिन्, ‘बाबाको शब्द गाउन पाउँदा खुसी लाग्यो ।

‘झुटो पिरतीले’ गीतमा समसामयिक विषयलाई गीतकार गंगारामले उतारका छन् । एक किमिसले यो सन्देशमूलक गीत पनि हो । यस गीतले माया पिरतीकालाई कुरालाई जोडेर युवालाई रक्सी, चुरोट खान हुन्न भन्ने सन्देश दिएको छ ।

यस गीतलाई आदिम अनलाइनले स्टुडियो भिडियोमा ल्याएको हो । शान्तिराम राईको संगीत रहेको यस गीतको भिडियोलाई अनामनगरस्थित सेवा रेकर्डिङ स्टुडियोमा छायाँकन गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै