Comments Add Comment

Advertisment

SKIP THIS

इराकमा भएको हवाई आक्रमणमा ११ आईएस लडाका मारिए

२६ भाद्र , काठमाडौँ । पश्चिम र पूर्वी इराकमा शनिबार भएको हवाई आक्रमणमा परी इस्लामिक स्टेट्स (आईएस) का ११ लडाका मारिएका इराकी सेनाले जनाएको छ ।

इराकको पश्चिमी प्रान्त अन्बारको अल–जलैयत क्षेत्रमा भएको हवाई आक्रमणमा परी एक स्थानीय नेतासहित सात आतंककारीको मृत्यु भएको र आतंककारी लुकेको एक स्थान ध्वस्त भएको सेना जारी गरेको विज्ञप्तिमा जानकारी दिएको छ ।

इराकको पूर्वी प्रान्त दियालामा आईएसको लुकेको स्थानलाई लक्षितगरी भएको दुईवटा हवाई आक्रमणमा परी आतंककारी मारिएका बताइएको छ ।

आइएस लुकेको ठाउँमा खोजी गर्ने क्रममा सशस्त्र बलहरुसँगको भिडन्तमा अर्को एक आईएस लडाकू मारिएका छन् । सेनाले तीनवटा मोटरसाइकल, विस्फोटक पदार्थ नष्ट गरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै