Comments Add Comment

Advertisment

SKIP THIS

राष्ट्रिय सहकारी बैंकले निक्षेपमा अधिकतम १३.५० प्रतिशत ब्याज दिने

३ फागुन, काठमाण्डौं । राष्ट्रिय सहकारी बैंकले निक्षेपमा अधिकतम १३.५० प्रतिशत ब्याजदर दिने भएको छ । बैंकले फागुन महिनाका लागि नयाँ ब्याजदर प्रस्ताव गर्दै निक्षेपकर्ताहरुलाई न्यूनतम ४।५० प्रतिशतदेखि मुद्दती निक्षेपमा अधिकतम १३.५० प्रतिशतसम्म ब्याज दिने भएको हो ।

नयाँ ब्याजदर सार्वजनिक गरेको सहकारी बैंकले साधारण बचतमा ४.५० देखि ८.५० प्रतिशतसम्म ब्याजदर प्रदान गर्ने जनाएको छ भने यस्तै मुद्दती निक्षेपमा १०.७५ प्रतिशतदेखि अधिकतम १३.५० प्रतिशतसम्म ब्याज दिने जनाएको छ । बैंकले हाल १९ प्रकारका साधारण बचत खाता सञ्चालनमा ल्याएको छ भने ८ प्रकारका मुद्दती खाता सञ्चालनमा ल्याएको छ ।

तर, यता कर्जा तर्फ बैंकले ९ देखि १२ प्रतिशतसम्म ब्याज लिने जनाएको छ । बैंकले हाल विभिन्न २२ प्रकारका शीर्षकमा व्यवसायिक कर्जा प्रदान गर्दै आएको छ । एक मात्र राष्ट्रिय सहकारी बैंकले हाल प्रारम्भिक सहकारी संस्था, विषयगत तथा केन्द्रीय संघहरूसँग मात्र बचत तथा ऋणको कारोबार गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै