२७ भाद्र , काठमाडौँ । चिनियाँ जनकँग्रेस अध्यक्ष ली आज नेपाल आउँदै । संसद भवनमा संघीय सांसदहरुसँग बार्तालाप हुने । संसद भवन केपी ओलीको पालामा चीनले नै बनाइदिएको हो । करिब सय जनाको टोलीसहित लि चान्सु नेपाल आउन लागेका हुन । उधेश्य: संघीय संसद भवनमा द्विपक्षीय सम्बन्ध बलियो बनाउने । चोलेन्द्रको बयानमा : उनले धेरैलाई आरोप लगाएका छन । देउवा र प्रचन्डले राजिनामा गरे महाभियोग फिर्ता लिने वचन दुतमार्फत पठाएका थिए । महाभियोग ल्याउने मूख्य पात्र दीपकुमार कार्की हुन र प्रधानन्यायाधीश बन्ने महत्वकांक्षा बढेपछि नेपाल बारलाई प्रयोग गरेको आरोप । न्यायाधीशको हरेक नियुक्तिमा नेताले भाग माग्ने, हिजोका मन्डलेहरु अहिलेको न्याय सम्पादन जथ्थामा भएका , रमण श्रेष्ठ, शम्भु थापा, हरिहर दाहाल, ठालू वकिल भएका र चलखेल गर्न नपाएपछि आफू बिरुद्व लागेकाजस्ता अनेक आरोप चोलेन्द्रले लगाएका छन ।
गठबन्धन नागरिकताको विषयलाई लिएर झन पेचिलो बन्दै गएको छ । हिजो मात्र नेबिसंघले रास्ट्रपति बिरुद्वमा नाराबाजी गरेको थियो । यो नागरिकता विषयले जनताकोसामु गठबन्धनको साख झन गिरेको छ । एमसीसी पास गरेको , एसपीपीलाई पर्ख र हेरको स्थितिमा राखेको, नागरिकता बिधेयक भारतीय रवाफमा उसैको अनुकूल हुने गरी पारित गर्न लागेको र रास्ट्रपतिलाई गालिगलौज तथा धम्कीको भाषा प्रयोग गरिएको , सरकार संचालन गरेदेखि संधै भागबन्डाको राजनीतिक चलखेल मात्र भएको न कि, जनताको आधारभूत आवश्यकताहरु गाँस,बास, कपास, शिक्षा, स्वास्थ्य र रोजगारीका अवसरहरु दिलाउन सकिएको । यस्ता कयौं अलोकप्रीय कार्यहरुले गर्दा गठबन्धनको साख गिर्दै गइरहेको चर्चा चलिरहेको छ । यसैगरी आगामी चुनावमा करिब तीन लाख सुरक्षाकर्मी परिचालन गरिने भएको छ । हाल महिला नेतृत्वप्रति जनविश्वास बढ्दै गएको छ ।
आजको कान्तिपुर लेख्छ : ” देउवाको ध्यान : गठबन्धन जोगाउने, आरजु जिताउने, छैटौं पटक प्रधानमन्त्री बन्ने नै हो । ” चर्चा त्यो मात्र होइन कि अर्को चर्चा त आरजु पनि सायद प्रधानमन्त्रीको दावेदार हुनसक्ने सम्भावना राजनीतिक बृत्तमा देखिदै छ । यदि त्यसो भयो भने पनि कुनै नौलो कुरा होइन । किनकी, चुनावमा हाम्रो संस्कार कस्तो भइदियो भने नेता नबद्लिने, मतदाताले मत पनि नबदल्ने, मतदानमा बाजे जुन पार्टीमा थिए नाति पनि त्यही पार्टीको सिद्दान्तमा पूस्तान्तरण हुने रोगले ग्रसीत यो राजनीतिले मनी र मसलको हांगामिगा समातेपछि त झन अफृकन रास्ट्रहरुको हालत जस्तै भएको छ । अनि कसरी देख्न सकिन्छ बिकासको सपना !
आजको कान्तिपुरमा लोकराज बराल लेख्छन : “अब पनि संस्थागत परिपाटीमा चल्न, भाषणमा भन्दा काममा लाग्न, भ्रस्टाचार घटाउन र देखिने- सुनिने स्वच्छ सरकार बनाउन लागिएन भने नेपालमा लोकतन्त्रको भविष्य उज्ज्वल छैन, र यसको बिकल्प अनियन्तृत आन्दोलन हुनसक्ने सम्भावना देखिन्छ ।”अव, देउवा, प्रचन्ड, माधव र आरजुको पाराले देशको शासन पद्वति अगाडि बढ्न नस्कने कुरा विभिन्न बिज्ञहरुले औंल्याएका छन । किनकी, भागबन्डाको राजनीतिमा अल्झिएर पदको लागि बिदेशीसामु लम्पसार परेको भरले अब जनताले पत्याउनेवाला छैनन । राजनीतिक पार्टीका भातृ संगठनले पनि रास्टृयताको सवालमा दलीय दलदलमा फँस्नु उचित हुंदैन ।


