Comments Add Comment

Advertisment

SKIP THIS

अखिल क्रान्तिकारी छात्रा विभाग प्रमुखमा प्रविणा

२७ भाद्र , काठमाडौँ । अखिल क्रान्तिकारीको केन्द्रीय छात्रा विभाग प्रमुखमा प्रविणा अधिकारी चयन भएकी छन् ।

चितवनस्थित रानमपुर क्याम्पसमा सम्पन्न छात्रा विभागको भेलाले ९९ सदस्यीय विभाग गठन गरेको केन्द्रीय अध्यक्ष पञ्चा सिंहले जानकारी दिइन् । विभागको उपप्रमुखमा देवकी कार्की र पर्वती शर्मा तथा सचिवमा इन्दिरा पुरी रहेका छन् ।

शनिबार र आइतबार छात्रा विभागको केन्द्रीय भेला आयोजना गरिएको थियो । रामपुरस्थित कृषि क्याम्पसमा भएको भेलालाई क्रान्तिकारी अध्यक्ष पञ्चा सिंहसहित, पूर्व विद्यार्थी नेतृ कञ्चन खनाल, माओवादी चितवन अध्यक्ष आर. सी अधिकारीलगायतले प्रशिक्षण दिएका छन् ।

भेलामा मुलुकभरबाट ५ सय छात्रा प्रतिनिधि सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै