Comments Add Comment

Advertisment

SKIP THIS

नवौँ राष्ट्रिय खेलकुद : खेलस्थल अझै टुङ्गो लागेन

२७ भाद्र , काठमाडौँ । गण्डकी प्रदेशमा दोस्रो पटक ३९ वर्षपछि आयोजना हुन लागेको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आउन अब एक महिना समय बाँकी छ ।

प्रदेशको राजधानी पोखरासहित प्रदेशका ११ वटै जिल्लामा असोज २८ देखि कात्तिक ३ गतेसम्मको नवौँअन्तर्गतका खेल खेलाउने योजना यसअघि राष्ट्रिय खेलकुद परिषद्(राखेप)को थियो । सबै जिल्लालाई राष्ट्रिय खेलकुदको अपनत्वका लागि प्रत्येक जिल्लामा कम्तिमा एक खेल खेलाउने योजना रहे पनि खेल पूर्वाधार अभावका कारण सबै जिल्लामा खेलाउन सम्भव देखिएको छैन ।

राखेपले यही भदौ १५ गतेभित्रमा प्रतियोगिताअन्तर्गतका सबै खेलका खेलस्थल टुङ्गो लगाउने जनाएको थियो । प्रतियोगिताको मिति नजिकिँदै जाँदा समेत प्रतियोगितास्थल तय नहुँदा खेलाडी, प्रशिक्षक तथा खेल सङ्घमा अन्योलता छ । कास्की जिल्ला फेन्सिङ सङ्घका अध्यक्ष विजय शाहीले प्रतियोगिताका लागि तयारी सुरु गरे पनि खेलस्थलको टुङ्गो नलाग्दा अन्योल बनाएको बताए । आफ्नै तरिकाले हरेक दिन साँझ पोखरा रङ्गशालाभित्रको बहुउद्देश्यीय कभर्ड हलमा अभ्यास गरिए पनि प्रतियोगिता कहाँ हुन्छ भन्ने चिन्ता रहेकाले छिटो यकिन गर्न उनले आग्रह गरे ।

उनले भने, ‘चार/पाँच महिना पहिला फेन्सिङ खेल पर्वतमा गर्ने भन्ने थियो, ठूलो हलका लागि पार्टी प्यालेससम्म खोजी भयो, पछि पोखरा बाहिर अन्यत्र सम्भव छैन भन्ने आयो, तर अझैसम्म पनि कहाँ खेल हुन्छ भन्ने निधो नहुँदा अन्योल बनाएको छ ।’ राखेपले प्रतियोगिता तयारीका लागि खेलस्थल व्यवस्थापन उपसमिति गठन गरेको छ । सो समितिले एक महिनाअघिदेखि प्रदेशका अधिकांश जिल्ला पुगेर खेल पूर्वाधारको निरीक्षण गरेको थियो । समितिले निर्धारित समयअगावै खेलस्थलको सिफारिस गरी राखेपमा पठाइसकिएको जनाएको छ ।

प्रतियोगिताको खेलस्थल टुङ्गो लागेपछि मात्र सोको स्तरोन्नति, साजसजावट, मर्मतसम्भारलगायतका काम गर्नुपर्ने हुन्छ । कतिपय पूर्वाधारका लागि मर्मतसम्भारका काम बाँकी छन् भने अन्यमा पनि सानोतिनो मर्मतका काम गर्नुपर्ने हुन्छ । राष्ट्रिय खेलकुद परिषद्ले प्रतियोगिताको तयारीका लागि गठन गरेको खेलस्थल व्यवस्थापन समितिले ३६ वटै खेलको खेलस्थल यकिन गरी राखेप सचिवालयमा पठाइसकिएको जनाएको छ । एक/दुई दिनभित्रमै सबै खेलको आयोजनास्थल सार्वजनिक गरिने खेलस्थल व्यवस्थापन उपसमितिका सचिव कृष्ण तिमिल्सिनाले बताए ।

उनले भने, ‘हामीले भदौ १३ गते नै ३६ वटै खेलस्थल निश्चित गरेर पठाइसकेका थियौँ, केन्द्रबाट रोकिएको अवस्था हो, अब केही दिनमै सार्वजनिक गर्ने तयारी छ, कतिपय ठाउँमा पूर्वाधारको स्तरोन्नतिको काम पनि सुरु भएको, खेलस्थल छिटै घोषणा गछौँ ।’ प्रतियोगिताका अधिकांश ‘इन्डोर’ र ‘आउटडोर’ खेल पोखरामा केन्द्रित हुने भएपछि इन्डोर खेलका लागि समय मिलाउनुपर्ने हुन्छ । धेरै खेल पोखरा रङ्गशालाको बहुउद्देश्यीय कभर्डहलमा हुनेछन् । कभर्डहलमा पनि बत्ती, उकरण जडान, शौचालयलगायतका मर्मतका काम अहिलेदेखि नै सुरु गर्नुपर्ने हुन्छ । खेलस्थल निश्चित नहुँदा तयारीका काममा समेत ढिलाइ भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै