Comments Add Comment

Advertisment

SKIP THIS

आत्महत्या रोकथाम तथा न्युनिकरणका लागी पर्चा पम्प्लेट बितरण

५ आश्विन , काठमाडौं । १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरले आत्महत्या रोकथाम तथा न्युनिकरणका लागी पर्चा पम्प्लेट बितरण तथा माईकिङको माध्यमबाट जन मानसमा सचेतना फैल्याउने कार्यको थालनी गरेको छ ।

यही असोज २ गते देखी १ नम्बर प्रदेशका १४ वटै जिल्लाहरुबाट आत्महत्या रोकथाम तथा न्युनिकरण सम्बन्धी सचेतना कार्यक्रमको शुभारम्भ भए सँगै प्रदेश प्रहरी कार्यालय बिराटनगरले तराईका जिल्लाहरुमा चेतना मुलक माईकिङ तथा पर्चा पम्प्लेटहरु बितरण गर्ने कार्यको थालनी गरेको हो । प्रदेश प्रहरी कार्यालय बिराटनगरले कार्यालयको अटो टेम्पोमा प्रहरी कर्मचारी खटाई पहिलो चरणमा झापा मोरङ र सुनसरी जिल्लाका ग्रामिण इलाकाहरु सम्म पुग्ने गरी आजैबाट चेतना मुलक माईकिङ तथा पर्चा पम्प्लेटहरु बितरण गर्ने कार्य भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै